images
images

एलपी ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर रु दुई हजार ६० मै बिक्री गर्न आग्रह


  • 148
    SHARES
  • २०८३ आश्विन १ गते बिहीबार

    एलपी ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर रु दुई हजार ६० मै बिक्री गर्न आग्रह

    काठमाडौँ, १ असोजः नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्ताबाट प्रतिसिलिन्डर रु दुई हजार ६० भन्दा बढी नलिन उद्योगीलाई आग्रह गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको पुरानै मूल्यमा ग्यास बिक्री वितरण गर्न आग्रह गरेको हो ।

    भोटेकोसी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको थियो । त्यसपछि उद्योगीले वैकल्पिक मार्ग प्रयोग गरी उपत्यकाबाहिरका उद्योगबाट ग्यास भरेर काठमाडौँ ल्याउँदै आएका थिए ।

    वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा थप खर्च लागेकाले उद्योगीले उपभोक्ताबाट प्रतिसिलिन्डर रु १०५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च थप लिँदै आएका थिए । सोही कारण काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य निगमले तोकेको भन्दा बढी परेको थियो ।

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गत भदौ १४ गतेदेखि काठमाडौँ उपत्यकामा ग्यास बिक्री गर्दै आएका उद्योगले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगमा सिलिन्डर रिफिल गरी वैकल्पिक मार्गबाट ग्यास ल्याउँदै आएका थिए ।

    राजमार्ग सञ्चालनमा आएपछि ढुवानीमा परेको अतिरिक्त खर्च हटाउँदै अब उपभोक्ताले प्रतिसिलिन्डर रु दुई हजार ६० मै ग्यास पाउने सङ्घले जनाएको छ ।




    images
    images

    Logo