काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत १५ किलोमा माथिबाट लेदो खस्दा एकतर्फी अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ।
सडकमा खसेको लेदो हटाएपछि यातायात दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
सडकखण्डमा पहिरोको जोखिम भने यथावत् रहेकाले सवारी चालक तथा यात्रुलाई सतर्कताका साथ यात्रा गर्न आग्रह गरिएको छ।