images
images

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँमै ३० दिन अनलिमिटेड डाटा


  • 89
    SHARES
  • २०८३ आश्विन २ गते शुक्रबार

    संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर, ४९९ रुपैयाँमै ३० दिन अनलिमिटेड डाटा

    काठमाडौँ, २ असोज । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै विशेष डाटा अफर ल्याएको छ । टेलिकमले तीन दिनका लागि ल्याएको अफरमा ४९९ रुपैयाँदेखि ६९९ रुपैयाँसम्मका दुईवटा प्याकेज उपलब्ध गराएको छ ।

    कम्पनीका अनुसार ‘अनलिमिटेड लाइट ४९९’ प्याकेज खरिद गर्ने ग्राहकले ३० दिनसम्म दैनिक पाँच जिबी डाटा प्रयोग गर्न सक्नेछन् । दैनिक पाँच जिबीको सीमा सकिएपछि पनि बाँकी समय दुई एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।

    त्यस्तै, बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि ‘अनलिमिटेड प्रो ६९९’ प्याकेज ल्याइएको छ । ६९९ रुपैयाँ करसहितको यो प्याकेजमा ३० दिनसम्म दैनिक १० जिबी डाटा प्रयोग गर्न सकिनेछ । दैनिक १० जिबीको सीमा पूरा भएपछि बाँकी समय तीन एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन सकिने टेलिकमले जनाएको छ ।

    पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि भने प्याकेजमै रेन्टल शुल्कसमेत समावेश गरिएको कम्पनीले जनाएको छ ।

    नेपाल टेलिकमका अनुसार संविधान दिवस विशेष अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुनेछ ।




    images
    images

    Logo