images
images

मुग्लिनतर्फ बाहिरिनेमध्ये इन्धन र दुईपाङ्ग्रेबाहेक सबै गाडीलाई नागढङ्गा सुरुङमार्ग खुला


  • 212
    SHARES
  • २०८३ भाद्र १७ गते बुधबार

    मुग्लिनतर्फ बाहिरिनेमध्ये इन्धन र दुईपाङ्ग्रेबाहेक सबै गाडीलाई नागढङ्गा सुरुङमार्ग खुला

    काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा सडक भासिने र बाढीले क्षति पुर्‍याएपछि काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने अधिकांश सवारीसाधनका लागि नागढुङ्गा सुरुङमार्ग खुला गरिएको छ ।

    सडक विभाग धादिङका अनुसार नागढुङ्गा नजिकै पातले वन क्षेत्रमा सडक भासिएको छ । त्यसपछि काठमाडौंबाट मुग्लिनतर्फ जाने सवारीमध्ये इन्धन तथा पेट्रोलियम पदार्थ बोकेका सवारी र दुईपाङ्ग्रे बाहेक अन्य सबै सवारीसाधनलाई नागढुङ्गा सुरुङमार्गबाट सञ्चालन गर्न दिइएको हो ।

    पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन र दुईपाङ्ग्रेलाई भने पातले वन क्षेत्रबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ । 

    विभागका अनुसार भासिएको सडकको प्राविधिक अध्ययन सम्पन्न भएपछि मात्रै मर्मत तथा पुनर्निर्माणको काम अघि बढाइनेछ ।

    यसैबीच, मलेखुबजार नजिकैको परेवाभीरमा पनि सडक भासिएपछि यात्रा जोखिमपूर्ण बनेको छ । धादिङको गजुरी गाउँपालिका–३ स्थित परेवाभीर क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    परेवाभीरमा सवारी आवागमन सहज बनाउन करिब १०० मिटर नयाँ ट्र्याक खोलिएको छ ।

    त्यस्तै, धादिङको कृष्णभीर सडक यसअघि नै त्रिशूली नदीको बाढीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध रहेको छ । उक्त क्षेत्रमा सवारीसाधन तथा मानिसको आवतजावतसमेत हुन नसक्ने अवस्था रहेको जनाइएको छ ।

    जवाङ खोला नजिकै पनि सडक चर्किएको छ । त्रिशूलीको बाढीले सडकको टेवा पर्खालमा क्षति पुर्‍याएपछि उक्त क्षेत्र पनि जोखिममा परेको छ ।

    भदौ १० गते आएको बाढीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति र अवरोध पुर्‍याएपछि अहिले वैकल्पिक सडकमार्गमा सवारीसाधनको चाप बढेको छ । विशेषगरी हेटौँडा हुँदै सञ्चालन हुने वैकल्पिक मार्गमा गाडीको अत्यधिक चाप देखिएको छ ।


    images
    images

    Logo