images
images

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान


  • 121
    SHARES
  • २०८३ आषाढ ३२ गते बिहीबार

    डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
    भक्तपुर ।  केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदैछ । मेलामा करिब ५० लाख स्वदेशी तथा भारतीय भक्तजन आउने अनुमान गरिएको छ । 
     
    सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलाको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार साउन महिनामा शनिबार, आइतबार र सोमबार दर्शनार्थीको बढी भीड हुने गरेको छ ।
     
    मेलाको अवधिमा भारतीय पर्यटक मात्रै ६० हजारभन्दा बढी आउने र यस वर्ष भेटी सङ्कलन रु एक करोडभन्दा बढी हुने अनुमान गरिएको अध्यक्ष बस्नेतले बताए। रु दुई करोड ५० लाख लागतमा निर्माण भइरहेको ५० जना क्षमताको वृद्धाश्रम भवन यसै वर्ष पूरा गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । मेला व्यवस्थापनका लागि १४ वटा उपसमिति गठन गरिएको छ । भक्तजनको स्वास्थ्य परीक्षणका लागि नेपाली सेना र नगर अस्पतालसहितका निकायसँग समन्वय गरिएको छ ।
     
    सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले मन्दिरमा दर्शनका लागि छुट्टै लाइनको व्यवस्था गरिएको र मेला व्यवस्थापनमा स्थानीय तहले सहयोग गर्ने बताउनुभयो । मेलालाई सुरक्षित बनाउन डोलेश्वर क्षेत्र र आसपास ५५ वटा सिसी क्यामेरा जडान गरी निगरानी गरिने छ । डोलेश्वर–आशापुरी मन्दिर जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको छ ।
     
    यसैगरी, साउन महिनामै नजिकै रहेको आशापुरी मन्दिरमा पनि ठूलो मेला लाग्ने छ । आगामी साउन १ गते चाँगुनारायण मन्दिर क्षेत्रबाट कलश यात्रा सुरु गरी डोलेश्वर मन्दिरमा पु¥याएर मेलाको उद्घाटन गरिने समितिले जनाएको छ ।


    images
    images

    Logo