images
images

राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण


  • 154
    SHARES
  • २०८३ आषाढ ३० गते मंगलबार

    राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् । उनले आज सङ्घीय संसद्बाट पारित आर्थिक वर्ष २०८३र८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेका हुन्।
     
    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 
     
    विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष २०८३र८४ का लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानुनी बाटो खुलेको छ । 


    images
    images

    Logo