images
images

नेपालकै पहिलो १८डी सिनेमा इटहरीमा सञ्चालन, नायक पल शाहद्वारा उद्घाटन


  • 185
    SHARES
  • २०८३ आषाढ २९ गते सोमबार

    नेपालकै पहिलो १८डी सिनेमा इटहरीमा सञ्चालन, नायक पल शाहद्वारा उद्घाटन

    काठमाडौं । आधुनिक प्रविधिमार्फत दर्शकलाई रोमाञ्चक मनोरञ्जनको नयाँ अनुभव दिने उद्देश्यसहित नेपालकै पहिलो १८डी सिनेमा सुनसरीको इटहरीमा सञ्चालनमा आएको छ। १८डी पाथिभरा इन्टरटेनमेन्ट प्रालिद्वारा सञ्चालित उक्त सिनेमाको उद्घाटन अभिनेता पल शाहले विशेष समारोहबीच गरेका हुन्।

    इटहरीस्थित सेन्टर प्लाजामा सञ्चालनमा आएको यो सिनेमामा एकपटकमा १२ जना वयस्क तथा १५ जना बालबालिकाले एकसाथ खेल तथा भर्चुअल मनोरञ्जनको रोमाञ्चक अनुभव लिन सक्ने व्यवस्था गरिएको छ। सिनेमाको टिकट शुल्क ३५० रुपैयाँ निर्धारण गरिएको सञ्चालक उमेश घोरासाइनेले जानकारी दिए ।

    उनका अनुसार दर्शकले जंगल यात्राको रोमाञ्च, रोबोटको संसार, समुद्री जीवजन्तुको अनुभव, डरलाग्दा दृश्य, डायनासोरको दुनियाँलगायत १७ प्रकारका फरक–फरक भर्चुअल खेल तथा साहसिक अनुभव लिन सक्नेछन्। सिनेमा दैनिक बिहान ८ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। पाँच वर्षभन्दा माथिका बालबालिकाले पनि यस मनोरञ्जनको अनुभव लिन सक्ने व्यवस्था गरिएको छ।

    सञ्चालक घोरासाइनेका अनुसार कम्पनीले आगामी दिनमा पूर्वी नेपालका बिर्तामोड र इलाममा समेत १८डी सिनेमा विस्तार गर्ने तयारी गरिरहेको छ। नयाँ प्रविधिमा आधारित यस १८डी सिनेमाले इटहरी मात्र नभई समग्र पूर्वी नेपालका मनोरञ्जनप्रेमीका लागि आकर्षणको नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ।


    images
    images

    Logo