images
images

दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?


  • 556
    SHARES
  • २०७८ पौष ७ गते बुधबार

    दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?

    काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन आज हुँदैछ । गनपती लघुवित्त र छिमेक लघुवित्तको शेयर मूल्य आज समायोजन हुने भएको हो । 

    गनपती लघुवित्तको १९ प्रतिशत बोनस शेयर पछि  १ हजार १ सय ७४ रुपैयाँ ७९ पैसामा  मूल्य समायोजन हुँदैछ । सो बैंकको मंगलबारको अन्तिम कारोबार १ हजार ३ सय ९८ रुपैयाँमा मा भएको थियो । सो आधारमा मूल्य समायोजन हुन लागेको हो । 

    त्यस्तै,  छिमेक लघुवित्तको २७ प्रतिशत बोनस शेयर पश्चात् १ हजार २ सय ४० रुपैयाँ ८ पैसामा मूल्य समायोजन हुँदैछ । उक्त बैंकको मंगलबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ५ सय ७४ रुपैयाँ ९० पैसामा भएको थियो । 

    आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा विहिबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo