काठमाडौं । १४ प्रतिशत लाभांश पारित गर्न मितेरी डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्याय गरेको हो ।
सो कम्पनीले पुष २८ गते बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघ धरानमा बस्नेगरी सभा बोलाएको छ । उक्त सभामा पम्पनिले प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
उक्त सभा प्रयोजनको लागि कम्पनीले पुष १४ गते देखि पुष २८ गतेसम्मका लागि शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्याय गरेको छ ।