काठमाडौं । दुई वाणिज्य बैंकको शेयर मूल्य समायोजन आज हुँदैछ । एनएमबि बैंक, र नेपाल एसबीआई बैंकको शेयरमूल्य आज समायोजन हुने भएको हो ।
एनएमबि बैंकको १२.५० प्रतिशत बोनस शेयर पछि ३ सय ३६ रुपैयाँ ३६ पैसामा मूल्य समायोजन हुँदैछ । सो बैंकको मंगलबारको अन्तिम कारोबार ३ सय ७८ रुपैयाँ ४० पैसामा भएको थियो । सो आधारमा मूल्य समायोजन हुन लागेको हो ।
त्यस्तै, नेपाल एसबीआई बैंकको ३.५० प्रतिशत बोनस शेयर पश्चात् ३ सय ४४ रुपैयाँ ८३ पैसामा मूल्य समायोजन हुँदैछ । उक्त बैंकको मंगलबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३ सय ५६ रुपैयाँ ९० पैसामा भएकाे थियो ।
आज मूल्य समायोजन भएका बैंकहरुको समायोजित मूल्यका आधारमा विहिबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।



