काठमाडौं । विजय लघुवित्तले २१ प्रतिशत लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
लघुवित्तले पुष २४ गते बिहान ११ः३० बजे गैंडाकोट रिर्सोटमा बस्नेगरी सभा बोलाएको छ । सो लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २०.३ प्रतिशत बोनस शेयर र १.६ कर प्रयोजनका लागि समेत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
उक्त लघुवित्तले साधारणसभा प्रयोजनको लागि पुष १२ गते देखि पुष २४ गतेसम्म शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।