काठमाडौं । माउण्टेन इनर्जीले साधारणसभा बोलाएको छ । मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले सभा प्रयोजनको लागि पुष १२ गते शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
आगामि साधारणसभामा वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गर्ने तथा २०७८/७९ को लागि लेखा परिक्षकको नियुक्ती गर्ने एजेन्डा राखिएको छ ।
सो कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । सो कम्पनीले सञ्चालन गरेको जलविद्युत आयोजना आर्थिक वर्षको अन्तिम समयमा मात्रै सम्पन्न भएकोले यो वर्ष शेयरधनीले लाभांश नपाउने भएका हुन्