काठमाडौं । आँधिखोला लघुवित्तले १३ प्रतिशत लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्ता पँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ यस संस्थाको आगामि साधारण सभाबाट पारित धए पश्चात वितरण हुनेछ ।