काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) बुधबार ५३. अंकले घटेको छ । साताको चौथो दिन नेप्सेमा आधा दशत भन्दा बढीको गिरावट आउँदा परिसूचक २ हजार ४ सय ५५ दशमलव ८० विन्दुमा झरेको हो ।
परिसूचकसँगै आज कारोबार रकमले समेत साथ छोडेको छ । सोमबार बजारमा ४ अर्ब ९४ करोडको कारोबार भएको थियो । मंगलबार यो घटेर ३ अर्ब ५ करोडमा झरेको थियो । बुधबार यस्तो रकममा अझ गिरावट आएर २ अर्ब ६६ करोडको रुपैयाँ बराबरमा सीमित भएको छ । आज बजारम ६५ लाख ६० हजार कित्ता शेयर कारोबार भयो ।
आज पनि बजारमा विकास बैंक, फाइनान्स कम्पनी र हाइड्रोपावरका परिसूचकमा उच्च गिरावट आएको छ । नेप्से घट्दा सबै समूहका उपसूचक आज घटेका छन् । बजारमा आज १ सय ८१ कम्पनीको शेयरमूल्य घट्दा ७ कम्पनीको मूल्य मात्रै बढेको देखिएको छ । मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य भने आज स्थिर रह्यो ।
आज बजारमा १.९४ प्रतिशत वृद्धि भएको स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर नै सर्वाधिक नाफा कमाउने शेयर बनेको छ । ८ प्रतिशतभन्दा बढीको गिरावट आएको सामुदायिक लघुवित्त सबैभन्दा धेरै मूल्य गुमाउने कम्पनी बनेको छ । उच्च गिरावटका बाबजुद आज कुनै पनि शेयरमा नकारात्मक सर्किट ब्रेकर भने लागेन ।
कारोबारको सुरुवाती समयमा बजारमा उतारचढाव देखिए पनि अन्तिम समयमा बजार घट्दो क्रममै रह्यो । अन्तिम समयमा भने बजार केही बढेर बन्द भएको छ ।



