images
images

तीव्र उतारचढावबीच घट्यो शेयर बजार


  • 328
    SHARES
  • २०७८ मंसिर २१ गते मंगलबार

    तीव्र उतारचढावबीच घट्यो शेयर बजार

    काठमाडौं । कारोबार अवधिकर तीब्र उतारचढावबीच मंगलबार शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से परिसूचक १५.१८ अंकले घटेर २ हजार ५ सय ३० दशमलव ९० विन्दुमा पुगेको हो । बजारमा आज ३ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    बजारमा आज म्युचुअल फण्ड बाहेक अरु सबै समूहका परिसुचकहरुमा गिरावट आएका छन् । फाइनान्स, विकास बैंक, हाइड्रोपावर र अन्य समूहमा १ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ । 

    आज सिटिजन्स म्युचुअल फण्डको मुल्य सर्वाधिक ४.६५ प्रतिशतले बढेको छ । आईसीएफसी फाइनान्सको मूल्य सबैभन्दा बढी ७.६५ प्रतिशतले घटेको छ । 


    images
    images

    Logo