images
images

शेयर बजारमा एकैदिन ११० अंकको चलखेल


  • 1.3K
    SHARES
  • २०७८ मंसिर २० गते सोमबार

    शेयर बजारमा एकैदिन ११० अंकको चलखेल

    काठमाडौं । शेयर बजारमा सोमबार एकैदिन १ सय १० अंक भन्दा धेरैको चलखेल भएको छ । बजारमा अस्वभाविक उतारचढाव सिर्जना गरेर ठूलो कारोबारीले एकैदिन सो बराबकरको परिसूचकमा चलखेल गरेको हुन् । 

    आइतबार बजार परिसूचक नेप्से २ हजार ५ सय १३ अंकमा बन्द भएको थियो । सोमबार बजार खुलेदेखि नै निरन्तर घटेको नेप्से परिसूचक झन्डै ७२ अंकले घटेर २ हजार ४ सय ४० अंकसम्ममा झरेको थियो । यो गिरावटका कारण शेयर बजारका लगानीकर्ताहरु बजार क्र्यास हुन लाग्ने त्रासमा परेका थिए । 

    तर, पहिलो एक घण्टापछि बजारले नाटकीय मोड लियो । घटेको बजार झन्डै २० मिनेटको अवधिमा ६० अंकले बढेर २ हजार ५ सयको नजिक पुग्यो । त्यो मूल्यमा पुगेपछि बजारले फेरि ओरालो बाटो लियो । फलस्वरुप बजारले झन्डै ३५ अंकको करेम्सन व्यहोर्यो । 

    तर, त्यसपछि बड्न थालेको बजार २ हजार ५ सय ५० अंकको हाराहारीसम्म पुग्यो । बजारले झन्डै ३७ अंकको उछाल हासिल गर्दा बजार खुल्न डेढ घण्टा मात्रै बाँकी थियो । 

    तर, परिसूचक फेरि ५० अंकले घटेर २ हजार ५ सयको हाराहारीमा झर्यो । त्यसपछि भने बजार निरन्तर बढ्दै अन्तमा २ हजार ५ सय ४६ दशमलव  ०९ अंकमा रोकिएको छ । यो झन्डै ३२ अंकको वृद्धि हो । 

    यो दिन बजारको उच्च अंक २ हजार ५ सय ४९ हजार हो भने सबैभन्दा न्यून अंक २ हजार ४ सय ३८ हो । ४ घण्टाको कारोबार समयमा बजारमा झन्डै १ सय ११ अंकको उतारचढाव देखिएको छ ।

    अन्तिम समयमा बजार बढ्दा आज बजारका सबै उपसूचकहरुमा हरियाली छाएको छ । विकास बैंक, हाइड्रोपावर र फाइनान्स समूहमा आज उच्च वृद्धि देखिएको छ । अघिल्ला दिनहरुमा यी समूह उच्च रुपमा घटेका यी परिसूचकमा आज सुधार देखिएको हो । 

    बजार वृद्धिका बाबजुद आज बजारमा मेरो माइक्रोफाइनान्सको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ । एक्सेल डेभलपमेन्ट बैंकको शेयर पनि ९.५५ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुमाएको जनृत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ६.८८ प्रतिशतले घटेको छ ।  


    images
    images

    Logo