काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा ७२ अंकको थिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से ७२.३२ अंकले घटेर २ हजार ५ सय १३ दशमलव ८७ अंकमा झरेको हो । यो दिन झन्डै ४ अर्ब ९ करोड रुपैयाँ बरारबका शेयर कारोबार भएका छन् ।
आज बजारमा सबै सूचक तथा उपसूचकमा गिरावट आएको छ । आज नेप्से, सेन्सेटिभ, फ्लट र सेन्सेटिभ फ्लट लगायत सबै परिसूचक तथा १३ वटै उपसूचकमा गिरावट आएको छ । विकास बैंक र फाइनान्स कम्पनी र व्यापारमूलक समूहमा सबैभन्दा बढी ४ प्रतिशत माथिको गिरावट देखिएको छ ।
आज बजारमा सेन्सेटिभ इन्डेक्सको गिरावट २.९१ प्रतिशत छ । तर सोही सेन्सेटिभ फ्लट इन्डेक्स भने ३.७३ प्रतिशतले घटेको छ । यसले ‘क’ वर्गका कम्पनीको कारोबारयोग्य शेयरमा झनै ठूलो गिरावट रहेको देखिन्छ ।
आज बजारमा आईसीएफसी फाइनान्स र सबैको लघुवित्तको शेयरमूल्य सर्वाधिक ८ प्रतिशत बढीले घट्दा न्यादी ग्रुप पावरको शेयर १० प्रतिशतले बढेको छ ।



