images
images

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा लगानी कोष


  • 595
    SHARES
  • २०७८ मंसिर १७ गते शुक्रबार

    पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा लगानी कोष

    काठमाडौँ । पिपुल्स हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नागरिक लगानी कोषले प्रत्याभूतिकर्ताको जिम्मा लिएको छ । सो कम्पनीको ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आईपीओ बिक्रीका लागि कोषले प्रत्याभूति दिने भएको हो । 

    सो हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरिएको कोषले जनाएको छ । सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरे ।  

    यस हाइड्रोपावर कम्पनीले लमजुङको दोर्दी नदीबाट ५४ मेगावाट विद्युत् उत्पादन गर्नेछ । कम्पनीको निस्काशन तथा बिक्री प्रबन्धका रुपमा सानिमा क्यापिटल रहेको छ । 


    images
    images

    Logo