काठमाडौं । तीन कम्पनीको शेयर मूल्य समायोजन आज हुँदैछ । एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज समायोजन हुने भएको हो ।
एभरेष्ट बैंकको ६ प्रतिशत बोनस शेयर पछि ५ सय ५० रुपैयाँमा मूल्य समायोजन हुँदैछ । सो बैंकको बिहीबारको अन्तिम कारोबार ५ सय ८३ रुपैयाँमा भएको थियो । सो आधारमा मूल्य समायोजन हुन लागेको हो ।
त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०।९३ प्रतिशत बोनस शेयर पश्चात् ४ सय ३ रुपैयाँमा मूल्य समायोजन हुँदैछ । उक्त बैंकको बिहिबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४ सय ४८ रुपैयाँ थियो ।
त्यस्तै, सबैको लघुवित्तको ३१।०५ प्रतिशत बोनस शेयरपछि १ हजार ५ सय ४ रुपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन हुँदैछ । बिहीबार सो लघुवित्तको अन्तिम कारोबार भने १ हजार ९ सय ७१ रुपैयाँमा भएको थियो ।
आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।



