काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाएर सञ्चालन गर्ने बताएका छन् । मन्त्री श्रेष्ठले बुधबार विश्व बैंकका नेपाल प्रमुख फारिस हदात जेयरओससँगको भेटमा यस्तो बताएका हुन् ।
यो कार्यक्रम प्रचारमुखीमात्रै भएको चर्चा गर्दै उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई एक सय दिनको रोजगारीमा सीमित नगरी समय बढाउन सकिनेगरी तयारी भएको उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले बेरोजगारलाई दिइने सीप विकासका तालिमलाई अबदेखि एकीकृत रूपमा श्रम मन्त्रालयमार्फत् सञ्चालन गर्नेगरी तयारी भएको बारेमा पनि जानकारी गराए ।
भेटका अवसरमा विश्व बैंकका प्रमुख जेयरओसले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि श्रम मन्त्रालयमार्फत र सीप विकास तालिमका लागि उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयमार्फत् आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए ।
सीप र रोजगारका कार्यक्रम श्रम मन्त्रालयसँग सम्बन्धित भएकाले श्रम मन्त्रालयबाटै हुँदा राम्रो हुने उनको भनाइ थियो ।



