images
images

भ्याट छुट दिएर नयाँदिल्ली सरकारले घटायो पेट्रोलको मूल्य


  • 404
    SHARES
  • २०७८ मंसिर १५ गते बुधबार

    भ्याट छुट दिएर नयाँदिल्ली सरकारले घटायो पेट्रोलको मूल्य

    नयाँदिल्ली । नयाँदिल्ली सरकारले भ्याट छुट दिएर पेट्रोलको मूल्य घटाएको छ । संघ मातहत रहेको नयाँदिल्ली सरकारले आज रातीदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ ।

    बुधवार बसेको दिल्ली सरकार मन्त्रिपरिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै मूल्य घटेको हो । 

    दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९.४ प्रतिशतमा झारेको छ । 

    यस वर्ष शुरूदेखि नै पेट्रोलको मूल्य लगातार बढिरहँदा सर्वसाधारण मर्कामा परेपछि दिल्ली सरकारले राहतका लागि भ्याट छुटको निर्णय गरेको छ । 

     


    images
    images

    Logo