काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्सले लाभांश घोषणा गरेको छ । मंगलबार अपरान्ह बसेको सञ्चालक समितिको बैठकले लाभंश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र ३।३० प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ यस बैंकको आगामि साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ ।