काठमाडौं । समीट लघुवित्तले आर्कषक लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
सो कम्पनीले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २५.२८५३१६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । २०७७ असोज ६ गतेबाट सजिलो लघुवित्त र समीट लघुवित्त आपसमा मर्जर भइ एकिकृत कारोबार भएको हुँदा प्रस्तावित लाभांशमा लाग्ने कर समेत छुट गरिएको छ ।
उक्त प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकको स्वीकृत भइ यस संस्थाको साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ ।