images
images

आइतबारको शेयर बजार : अन्तिमसम्म पनि सम्हालिएनन् लगानीकर्ता


  • 324
    SHARES
  • २०७८ मंसिर १२ गते आइतबार

    आइतबारको शेयर बजार : अन्तिमसम्म पनि सम्हालिएनन् लगानीकर्ता

    काठमाडौं । कारोबारको अिन्तम समयसम्म पनि शेयर लागनीकर्ता सम्हालिन नसक्दा शेयर बजारले ८० अंक भन्दा माथिको गिरावट व्यहोरेको छ । आइतबार बजार परिसूचक नेप्सेमा ८०.२९ अंकले घट्दै २ हजार ६ सय ५१ दशमलव ४९ विन्दुमा झर्न पुगेको छ । 

    शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेसँगै लगानीकर्ताहरु बिच्किँदा त्यसको प्रभाव आइतबारको सेयर बजारमा परेको हो । आज सबैजसो उपसमूहहरु ऋणात्मक हुँदा बजार नै राताम्मे देखिएको छ ।

    मौद्रिक नीतिको समीक्षाले बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो बढाउने र शेयर खरिदका लागि प्रवाह हुने कर्जाको अधिकतम सीमा बढाउने अपेक्षा पूरा नभएपछि शेयर बजारमा प्रभाव परेको हो । 

    आज पहिलो कारोबार घण्टामा बजार झन्डै ३५ अंक तल झरेर सम्हालिने प्रयास गरे पनि त्यो सफल भएन । अन्ततः परिसूचक दिनभर निरन्तर ओरालो लाग्दै सो विन्दुमा झरेको हो । 


    images
    images

    Logo