काठमाडौं । गणपति लघुवित्तले २० प्रतिशत लाभांश दिने भएको छ । लघुवित्त सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा निर्णय गरेको हो ।