images
images

लुम्बिनी विकास बैंकको लाभांश संशोधन, बोनस शेयर बढ्यो


  • 451
    SHARES
  • २०७८ कार्तिक २८ गते आइतबार

    लुम्बिनी विकास बैंकको लाभांश संशोधन, बोनस शेयर बढ्यो

    काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश संशोधन भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्तावित लाभांशमा बोनस शेयर थप गरेर नयाँ बोनस दर प्रकाशन गरेको हो । 

    संशोधित लाभांश अनुसार सो बैंकका शेयरधनीले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाइएको छ । यसअघि बैंकले १० प्रतिशत बोनस शेयर र ३.७१२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

    राष्ट्र बैंकले लाभांश संशोधन गर्न निर्देशन दिएकोले सो संशोधन गरिएको बैंकले जनाएको छ । 


    images
    images

    Logo