images
images

सिटिजन्स बैंकको ३५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न पाउने 


  • 365
    SHARES
  • २०७८ कार्तिक २६ गते शुक्रबार

    सिटिजन्स बैंकको ३५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न  पाउने 

    काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडको ३५ हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला भएको छ । 

    बैंकले उक्त बैंककाको संस्थापक शेयरधनी क्षितिज भूसालको नाममा रहेको ३५ हजार ५ सय ३५ दशमलव ९९ कित्ता संस्थापक शेयर बिक्रीका लागि आज देखि खुला गरेको हो । 

    सिटिजन्स इन्टरनेशनल बैंकले सो शेयरको न्युनतम बिक्री मुल्य २ सय ४ रुपैयाँ तोकेको छ । 

    बैंकले उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाले सुचना प्रकाशित भएको ३५ दिन भित्रमा संस्थापक शेयरधनीहरुले शेयर खरिद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय, नारायणहिटी पथमा सम्पर्क गर्न आग्रह गरेको छ ।

     


    images
    images

    Logo