काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले मंसिर ६ गते एकदिन बुक क्लोज गर्ने भएको छ । बैंकले ३५ औं वार्षिक साधारणसभा प्रयोजनका लागि शेयरधनी किताव खाता बन्द गर्न लागेको हो । जस अनुसार मंसिर ५ गते सम्म कायम भएका शेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश र उक्त साधारणसभामा सहभागि हुन पाउनेछन् ।
सो साभारणसभा मंसिर १७ गते बिहान १० बजे दरबारमार्ग, काठमाडौं स्थित बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा भर्चुअल माध्ययमबाट हुँदैछ । उक्त साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै बैंकको सो साधारणसभाले प्रवन्धपत्रको दफा ५ क मा संशोधन गरी बैंकको अधिकृत पुँजी १८ अर्ब ५० करोड रुपैयाँ पुर्याउने । अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभिने प्रयोजनका लागि उपर्युक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्नुका साथै मर्जर तथा प्राप्ति सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ।



