काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांशको घोषणा गरेको छ ।
लघुवित्तको कात्तिक २५ बसेको सञ्चालक समितिको बैठकले संस्थाको आर्थिक वर्ष ०७७/०७८ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने ८ करोड २३ लाख ८८ हजार ८ सय रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने जनाइएको छ ।
हाल संस्थाको चुक्ता पुँजी ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ रहेको छ । २० प्रतिशतका दरले हुन आउने ८ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी ४९ करोड ४३ लाख ३३ हजार रुपैयाँ पुग्नेछ ।
साथै वोमी लघुवित्त र ग्रामिण लघुवित्त वित्तीय संस्था एकआपसमा मर्जर भई एकीकृत कारोबार सुरु भईसकेकाले बोृनस शेयरमा लाग्ने कर छुट सुविधाको उपयोग गरिने कम्पनीले जनाएको छ ।



