काठमाडौं । कामना सेवा विकास बैंकमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । बैंकको कात्तिक २३ गते सम्पन्न भएको १५ औं वार्षिक साधारणसभा बाट संस्थापक र सर्वसाधारण समुहबाट ६ जना सञ्चालक पदमा निर्वाचित भएका छन् ।
संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमसुदिप आचार्य, भिम प्रसाद तुलाचन र चतुराखर अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैरी सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा वेवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बराल निर्विरोध निर्वाचित भएका हुन् ।
साथै सोही मितिमा बसेको सञ्चालक समितिको बैठकले बैंकका सञ्चालक सुदिप आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।
साथै उक्त साधारणसभाले पी के एफ टी आर उपाध्य एण्ड कोअपरेटिभ–लाई यस बैंकको आर्थिक वर्ष ०७८/०७९को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ ।



