images
images

स्वावलम्वन लघुवित्तको संस्थापक शेयर लिलाम बिक्रीमा 


  • 410
    SHARES
  • २०७८ कार्तिक २५ गते बिहीबार

    स्वावलम्वन लघुवित्तको संस्थापक शेयर लिलाम बिक्रीमा 

    काठमाडौं । स्वावलम्वन लघुवित्त वित्तीय संस्थाले संस्थापक समुहको शेयर लिलाम बिक्री गर्ने भएको छ ।

    वित्तीय संस्थाले संस्थापक समुहको ११ हजार ७ सय ५३ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो । 

    कम्पनीले उक्त शेयरको न्युनतम मुल्य ६ सय ७५ रुपैयाँ तोकेको हुँदा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्ने पर्नेछ । सो शेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति कम्पनी, संघ संस्थाहरुले मंसिर १ गते भित्र शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् । 

    उक्त शेयर खरिदका लागि न्युनतम १००० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संङ्ख्याको लागि कुनै हद लाग्ने छैन ।

    स्वावलम्वन लघुवित्त वित्तीय संस्था को शेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडरहेको छ । 


    images
    images

    Logo