काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचीकृत लघुवित्त मध्ये हालसम्म चार लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८को लाभांश पारित गरेका छन् ।
लाभांश पारित गर्ने संस्थाहरुमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था अभियान लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन् ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बिसौं वार्षिक साधारणसभा असोज २३ गते शनिबार चितवन गार्डेन रिर्सोट भरतपुर चितवनमा सम्पन्न भएको हो । सो साधारणसभाले गत आर्थिक वर्ष ०७७/०७८ को नाफाबाट २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश कुल २१ प्रतिशत लाभांश पारित गरेको छ ।
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कात्तिक १३ गते शनिबार होटल गोरखा बिसौनी गोरखामा सम्पन्न भएको हो । सो साधारण सभाले गत आर्थिक वर्ष ०७७/०७८ को नाफाबाट २५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागी १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२५ लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
अभियान लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारणसभा कात्तिक १३ गते शनिबार पनौती नगरपालिका –४ काभ्रेपलान्चोकमा सम्पन्न भएको हो । सो साधारण सभाले गत आर्थिक वर्ष ०७७/०७८को वासलत नाफा नोक्सान, नगद प्रवाहको अनुमोदन र लेखापरिक्षक नियुक्त गर्नुका साथै साधारण शेयर आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा कात्तिक २२ गते न्यु अञ्जुली होटल धनकुटामा सम्पन्न भएको हो । सो साधारणसभाले आर्थिक वर्ष २०७७.७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी को १६.९० प्रतिशत बोनश शेयर र ०.८८ प्रतिशत कर सहितको नगद लाभांश गरी कुल १७.७८ प्रतिशत लाभांश पारित गरेको छ ।



