images
images

बैंकर्स संघमा नयाँ कार्यसमिति घोषणा, सुनिल केसी बने उपाध्यक्ष 


  • 378
    SHARES
  • २०७८ कार्तिक २३ गते मंगलबार

    बैंकर्स संघमा नयाँ कार्यसमिति घोषणा, सुनिल केसी बने उपाध्यक्ष 

    काठमाडौं । नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति घोषणा भएको छ । ​संघको कात्तिक २३ गते मंगलबार सम्पन्न साधारणसभाले नयाँ कार्य समिति चयन गरेको हो । 

    नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल समिएसँगै आगामी दुई वर्षका लागि संघमा अब कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय अध्यक्षमा चयन भएका छन् भने उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । 


    त्यस्तै संघमा रिक्त दुई सदस्यमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दीप कुमार डे सनराइइज बैंकका सुमन शर्मा, माछापुछ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने सर्वसम्मत भएका छन् । 

    यसैगरी सल्लाहकारमा संघका पूर्व अध्यक्ष अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन् 

     


    images
    images

    Logo