images
images

वोमी र सुर्योदय लघुवित्तलाई मर्जरको लागि नेपाल राष्ट्र बैंकले दियो अनुमति


  • 302
    SHARES
  • २०७८ कार्तिक २२ गते सोमबार

    वोमी र सुर्योदय लघुवित्तलाई मर्जरको लागि नेपाल राष्ट्र बैंकले दियो अनुमति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा लघुवित्त वित्तीय संस्थालाई मर्जरको लागि अनुमति दिएको छ । बैंकले कात्तिक १ गते वोमी र सुर्योदय लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि अनुमति दिएको हो ।

    यी दुई कम्पनीहरूले २०७८ भाद्र १५ गते मर्जर सम्झौता मार्फत एक आपसमा गाभिने निर्णय गरेका थिए ।

    वोमी लघुवित्तअर्को कम्पनी ग्रामीण स्वयंसेवक लघुवित्तसँग गाभिएको थियो। मर्जरको प्रक्रिया पूरा भएपछि गत वर्ष चैत ३ गतेदेखि वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्तको संयुक्त कारोबार सुरु भएको थियो । यी दुई कम्पनीले वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड नामबाट संयुक्त रुपमा सञ्चालन गरेका हुन् ।

     

     


    images
    images

    Logo