काठमाडौ । अरुण काबेली पावर कम्पनीले शेयरधनीहरुका लागी हकप्रद शेयर जारी गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यस कम्पनीले शेयरधनीहरुका लागी हकप्रद शेयर निष्काशन तथा बिक्री सेवाका लागी नबिल इन्भेष्मेन्ट बैंकिङलाई नियुक्त गरेको हो । कम्पनीले शेयरधनीहरुलाई १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो ।
ताप्लेजुङ र पाँचथर बीच रहेको कावेली नदिमा रहेको कम्पनीले अहिले २५ मेगावाट विद्युत् उत्पादन गरेर बेचिरहेको छ ।