काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्था बीच कार्त्तिक ३० गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेको हो।
नेपाल राष्ट्र बैंकले यी दुई लघुवित्तलाई प्राप्ति एक्वीजिसनका लागि कात्तिक १ गते कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक १४ गते अन्तिम स्वीकृति दिएको थियो । बैंकको स्वीकृति पाएसँगै संस्थाले कात्तिक ३० गतेदेखि एकीकृत कारोबारको गर्न लागेको हो ।