images
images

नेप्सेमा चार कम्पनीको बोनस शेयर सुचिकृत 


  • 652
    SHARES
  • २०७८ कार्तिक १६ गते मंगलबार

    नेप्सेमा चार कम्पनीको बोनस शेयर सुचिकृत 

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार चार वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । 

    नेको इन्स्योरेन्स, महुली लघुवित्त वित्तीय संस्था, उन्नती लघुवित्त र जनउत्थान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।


    नेको इन्स्योरेन्सको १५ः५० प्रतिशत बोनस शेयर बापतको २० लाख ४२ हजार १९.३० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    महुली लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत बोनस बापतको ३ लाख ३३ हजार २ सय ४० कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो । 

    जनउत्थान लघुवित्त वित्तीय संस्थाको ४९.४० प्रतिशत बोनस शेयर बापतको ३ लाख ९१ हजार २ सय ४८ कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो । 

    उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको १७.८१ प्रतिशत बोनस शेयर बापतको २ लाख ६६ हजार ३ सय ३०.५६  कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो । 

    सबै कम्पनीको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । 


    images
    images

    Logo