काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ प्रतिशत लाभांशको घोषणा गरेको छ ।
लघुवित्तको सोमबार बसेको सञ्चालक समितिको ११८ बैठकले संस्थाको आर्थिक वर्ष ०७७/०७८ को सम्मको वितरण योग्य मुनाफा र बार्गेन पर्चेज गेनबाट शेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो
कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने ५ करोड ७१ लाख २४ हजार रुपैयाँ बराबरको बोनस शेयर र ५ प्रतिशतका दरले हुन आउने १ करोड ४२ लाख ८१ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने जनाइएको छ ।
हाल संस्थाको चुक्ता पुँजी २८ करोड ५६ लाख २० हजार रुपैयाँ रुपैयाँ रहेको छ । २० प्रतिशतका दरले हुन आउने ५ करोड ७१ लाख २४ हजार रुपैयाँ बराबरको बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ पुग्नेछ ।



