images
images

५१ अंकले घट्यो नेप्से, १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 321
    SHARES
  • २०८१ पौष १ गते सोमबार

    ५१ अंकले घट्यो नेप्से, १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.३७ अंकले घटेर २ हजार ६ सय ३० दशमलव ९१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ४ स्क्रिपको ५ अर्ब ९३ करोड रुपैयाँ बराबरको १ करोड २७ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको विहीबार ६ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार १५ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय २७ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.४१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिनव्यापार उपसमूहको परिसूचक साढे ३ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन बैंकिङ्ग, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको १८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    सोमबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेको छ । त्यसैगरी, यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य ८।७० प्रतिशत बढेको छ भने कुमारी सबल योजनाको इकाईमूल्य ५ प्रतिशत बढेको छ। 

     


    images
    images

    Logo