काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत्त् आयोजनाको लकइन पिरियड सकिएको छ ।
कम्पनीले दोलखा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि जारी गरेको शेयरको लकइन पिरियड सकिएको हो । लकइन पिरियड सकिएसँगै १० करोड ५९ लाख कित्ता शेयर कारोबारका लागि फुकुवा हुने भएको छ ।
सो कम्पनीले स्थानीयवासीका लागि जारी गरेको १ करेड ५ लाख ९० हजार कित्ता शेयर २०७५ कात्तिक १४ गते बाँडफँट गरेको थियो । सो बाँडफाँट अवधिको तीन वर्ष पूरा भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य हुने भएको हो ।
शेयर निष्काशन भएको ३ वर्षसम्म संस्थापक शेयर बिक्री गर्न नपाउने प्रावधान रहेकाले यसअघि सो कम्पनीको संस्थापक शेयर बन्देज अवस्थामा रहेको थियो ।