काठमाडौं । सीइडीबी होल्डिङ्ग्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले मंसिर २० गते बोर्डमा आवेदन दिएको जनाएको छ । कम्पनीले १ : ०.५४५ अनुपात अर्थात हाल कायम चुक्ता पुँजीको ५४.५ प्रतिशत हकप्रद निष्कासनको अनुमति माग गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपैयाँ छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ५६ करोड ३६ लाख ५९ हजार १ सय ९८ रुपैयाँ बराबरको ५६ लाख ३६ हजार ५ सय ९१ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाम परिवर्तन भएर सीइडीबी होल्डिङ्ग्स लिमिटेड भएको हो । कम्पनीको गत असोज २१ गते बसेको साधारण सभाले नाम परिवर्तन गर्ने निर्णय गरेको थियो ।



