काठमाडौं । साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । गत साताको अन्तिम दिन अथात् विहीबार घटेर बन्द भएको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ प्रतिशतले घटेर २ हजार ७ सय ३८ दशमलव ६ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय १४ स्क्रिपको ८ अर्ब ८३ करोड रुपैयाँ बराबरको १ करोड ६७ लाख कित्ता शेयर किनेबच भएको छ ।
आइतबार नेप्से घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । गत साताको विहीबार ८ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आइतबार ६३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७८ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.०७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक साढे ४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.३० प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २८ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन् । त्यस्तै, यस दिन एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।



