images
images

उद्योगमा लाइन नकाट्ने प्राधिकरण बोर्ड बैठकको निर्णय, दुई सञ्चालकको असहमति


  • 424
    SHARES
  • २०८१ मंसिर १२ गते बुधबार

    उद्योगमा लाइन नकाट्ने प्राधिकरण बोर्ड बैठकको निर्णय, दुई सञ्चालकको असहमति

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण बोर्ड बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइन बिजुली उपभोग गरी बिल भुक्तानी बक्यौता रहेका उद्योगहरूको लाइन नकाट्ने निर्णय गरेको छ । बुधबार बसेको प्राधिकरण बोर्ड बैठकले विद्युत नियमन आयोगको पत्रअनुसार उद्योगहरूमा लाइन नकाट्ने निर्णय गरेको प्राधिकरणले जनाएकाे छ । 

    नेपाल विद्युत प्राधिकरणले बक्यौतालाई आधार बनाएर लाइन काटेका उद्योगमा सरकारको कात्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकले १५ दिनभित्र टाइम अफ डे (टिओडी) मिटरका आधारमा बक्यौता उठाउनेगरी पुनः लाइन जोड्ने निर्णय गरेको थियो । त्यसपछि प्राधिकरणको बोर्डको बैठकले निर्णय गरेर उद्योगमा लाइन जोडिएको आज बुधबार १५ दिन समय बित्दापनि उद्योगीबाट प्राधिकरणले बक्यौता भने उठाउन सकेको छैन ।

    प्राधिकरणले आज बुधबार उद्योगहरूमा पुनः लाइन काट्नसक्ने देखेपछि मंगलबार विद्युत नियमन आयोगले प्राधिकरणलाई पत्र लेख्दै उद्योगमा लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको थियो । आयोगको सोही निर्देशनको आधारमा बक्यौता बाँकी रहेका उद्योगमा पुनः लाइन नकाट्ने निर्णय बोर्डले गरेको प्राधिकरणले जनाएकाे छ । 

    तर, प्राधिकरण बोर्ड बैठकले गरेको निर्णयमा भने दुई जना सञ्चालकले असहमति जनाएका छन् । बोर्डका सदस्य डा. कपिल आचार्य र भक्तबहादुर पुनले बोर्डको निर्णयमा असहमति जनाएका हुन् । डा. आचार्यले पैसा नउठाई लाइन जोड्ने निर्णयले समस्या थप बल्झिने बताएका थिए ।


    images
    images

    Logo