images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३४ अर्बको बजेट


  • 298
    SHARES
  • २०८१ मंसिर ३ गते सोमबार

    नेपाल नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३४ अर्बको बजेट

    काठमाडौं । काठमाडौंसहित तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष ०८१/८२ का लागि ३४ अर्ब १२ करोडको बजेट ल्याएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे अध्यक्ष रहेको सञ्चालक समितिको ४२५औं बैठकले आर्थिक वर्ष सुरु भएको चार महिनापछि प्राधिकरणको बजेट पारित गरेको हो । 

    प्राधिकरणको सञ्चालक समितिले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट मस्यौदा बनाउन असार ५ मा अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो । प्राधिकरणले चालु आर्थिक वर्षको आम्दानी १५ अर्ब १ करोड प्रक्षेपण गरेको छ ।

    यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ करोडले बढी हो । पुँजीगत तथा कार्य सञ्चालनका लागि १८ अर्ब ४ करोड विनियोजन गरिएको छ । अघिल्लो वर्ष प्राधिकरणले पुँजीगत तथा कार्य सञ्चालनका लागि २६ अर्ब विनियोजन गरेको थियो । तर वास्तविक खर्च ४५ प्रतिशतले घटेर १४ अर्ब ३६ करोड मात्रै भएको प्राधिकरणको बजेट, नीति तथा कार्यक्रममा उल्लेख छ ।

    प्राधिकरणले विनियोजन गरेको ३४ अर्ब बजेटमा प्राधिकरणको स्रोतबाट २९ अर्ब २४ करोड तथा नेपाल सरकारबाट २ अर्ब ८७ करोड ऋण, ८९ करोड सेयर गरी ३ अर्ब ७६ करोड छ ।

    प्राधिकरणले व्यावसायिक उडानमा नरहेका आन्तरिक विमानस्थल बागलुङको बलेवा, मनाङको हुम्दे, ओखलढुंगाको रुम्जाटार, बैतडीको पाटनलाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाइडिङ, स्काई डाइभिङ, अल्ट्रालाइट जस्ता मनोरञ्जनात्मक साहसिक पर्यटनका लागि खुला गरेको छ ।

    चालु वर्षको बजेटले भरतपुर विमानस्थलमा रात्रि उडान सञ्चालन गराउन उपकरण जडान गरिने भएको छ । यस वर्ष दाङको टारीगाउँ, जुम्ला र अछामको कमलबजार विमानस्थल सुदृढीकरण पनि गरिने भएको प्राधिकरणले जनाएको छ । खराब मौसमका कारण आन्तरिक उडान अवरोध भइरहने जोमसोम, लुक्ला, नेपालगन्ज, सिमकोट सेक्टरमा मौसमी क्यामरा जडान पनि गरिने भएको बताइएको छ ।


    images
    images

    Logo