images
images

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोक्यो कफीको न्यूनतम समर्थन मूल्य


  • 450
    SHARES
  • २०८१ मंसिर २ गते आइतबार

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोक्यो कफीको न्यूनतम समर्थन मूल्य

    काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ । कफी उत्पादनलाई व्यवस्थित गर्न बोर्डले यस वर्ष कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । 

    फ्रेस चेरी कफीको ‘ए’ ग्रेडको मूल्य प्रतिकेजी १०५ रुपैयाँ र यही कफीको ‘बी’ ग्रेडको मूल्य प्रतिकिलो ९५ रुपैयाँ निर्धारण गरिएको छ ।

    यस्तै, पार्चमेन्ट कफीको ‘ए’ ग्रेडको ५३५ रुपैयाँ प्रतिकिलो र ‘बी’ ग्रेडको ४८२ रुपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको बोर्डले जनाएको छ ।

    यस्तै, ड्राइ चेरी कफीका लागि ग्रेड ‘ए’को मूल्य २८० रुपैयाँ प्रतिकिलो र ‘बी’ ग्रेडको मूल्य २४७ रुपैयाँ  निर्धारण गरिएको छ । 


    images
    images

    Logo