images
images

एनएमबिएको अध्यक्षमा प्रकाशराज शर्मा निर्वाचित, यस्तो बन्यो ११ सदस्यीय कार्यसमिति


  • 521
    SHARES
  • २०७८ कार्तिक ५ गते शुक्रबार

    एनएमबिएको अध्यक्षमा प्रकाशराज शर्मा निर्वाचित, यस्तो बन्यो ११ सदस्यीय कार्यसमिति

    काठमाडौं । नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएसन (एनएमबिए) को अध्यक्षमा प्रकाशराज शर्मा निर्वाचित भएका छन् । शुक्रबार भएको संस्थाको १५ औं साधारणसभाले शर्मालाई संघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । एनएमबिए लघुुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुको संघ हो । 

    नवनिर्वाचित अध्यक्ष शर्मा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत हुन् । वसन्त लम्साल नेतृत्वको कार्यसमिति भन्दा अघिल्लो कार्यसमितिमा संघको उपाध्यक्ष थिए  । अघिल्लो कार्यकालमै अध्यक्षमा दावी गरेपनि सर्वसम्मत नभएपछि उनी अध्यक्षको दौडबाट बाहिरिएका थिए । यो कार्यकालमा भने उनी सर्वसम्मत निर्वाचित भएका हुन् । 

    साधरणसभाले अध्यक्ष शर्मासहित ११ सदस्यीय नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ । जसमध्ये उपाध्यक्षमा कालिका लघुवित्तका मीनबहादुर बोहोरा, महासचिवमा नेशनल माइक्रोफाइनान्सका रामबहादुर यादव निर्वाचित भएका छन् ।

    त्यस्तै संघको कोषाध्यक्षमा उन्नति सहकार्य लघुवित्तका प्रेमबहादुर पाठक, सचिवमा सबैको लघुवित्तका केशवकुमार पाैडेल र सदस्यहरुमा श्रीराम पाेखरेल, विमला योगी, विनोद आचार्य, बद्रीप्रसाद दुलाल, प्रविनकुमार लामा र गंगाधर पाण्डे रहेका छन् । 


    images
    images

    Logo