काठमाडौं । बुधबार शेयर बजार घटेर बन्द भएको छ ।अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस नि पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.१२ अंकले घटेर २ ७ सय ३४ दशमलव ८३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ८ स्क्रिपको ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको १ करोड ५३ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । मंगलबार ७ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
बुधबार ९९ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २५ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ५ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक, श्रृजनशील लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, मकर जितुमाया सुरी हाइड्रोपावर र समृद्धि फाइनान्स रहेका छन्। त्यस्तै, यस दिन रावा इनर्जी डेभलपमेन्ट र बलेफी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।



