काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा बिन्ध्यवासिनी हाइड्रोपावर र मंदाकिनी हाइड्रोपावर रहेका छन् ।
बिन्ध्यवासिनी हाइड्रोपावरको ८ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय ३८ रुपैयाँ १९ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय ८६ रुपैयाँमा भएको थियो ।
मंदाकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय ४ रुपैयाँ ६७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ८ सय ४४ रुपैयाँ ९० पैसामा भएको थियो ।
आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा बुधबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।



