images
images

धितोपत्र बोर्डबाट दुई म्युचुअल फन्डले पाए निष्कासन अनुमति, कसको कति इकाइ ?


  • 303
    SHARES
  • २०८१ कार्तिक २७ गते मंगलबार

    धितोपत्र बोर्डबाट दुई म्युचुअल फन्डले पाए निष्कासन अनुमति, कसको कति इकाइ ?

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुईवटा म्युचुअल फन्डलाई निष्कासन अनुमति दिएको छ। धितोपत्र बोर्डले ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’ र ‘एनएमबि सरल बचत फन्ड–ई’लाई निष्कासन अनुमति दिएको हो।

    अब मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने मुक्तिनाथ म्युचुअल फन्ड–१ का १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ जारी गरिनेछ।

    यो बन्दमुखी म्युचुअल फन्डको कोष प्रवर्द्धकमा मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

    यसैगरी एनएमबि म्युचुअल फअन्तर्गत सञ्चालित हुने मुक्तिनाथ सरल बचत फन्ड–ईका २० करोड रुपैयाँबराबरको इकाइ जारी हुनेछ। जसअन्तर्गत १० रुपैयाँ अंकित दरका कुल २ करोड इकाइ बिक्री खुला गरिनेछ।

    यो खुलामुखी योजनाको कोष प्रवर्द्धकमा एनएमबि बैंक र योजना व्यवस्थापकमा एनएमबि क्यापिटल रहेको छ।


    images
    images

    Logo