images
images

नेप्सेसँगै घट्यो कारोबार रकम, ४ कम्पनीको शेयर मुल्यमा सर्किट


  • 281
    SHARES
  • २०८१ कार्तिक २७ गते मंगलबार

    नेप्सेसँगै घट्यो कारोबार रकम, ४ कम्पनीको शेयर मुल्यमा सर्किट

    काठमाडौं ।  साताको अन्तिम दिन विहीबार शेयर बजार घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिन निरन्तर बढेको नेप्सेमा यस दिन भने सामान्य अंकले घटेर बन्द भएको हो । 

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२४ अंकले बढेर २ हजार ७ सय ४८ दशमलव ९६ विन्दुमा पुगेको छ । 

    मंगलबार कारोबारमा आएका ३ सय १२ स्क्रिपको ७ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ६७ लाख कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशत बढेको छ भने निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत घटेको छ।

    मंगलबार ८० कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ५७ कम्पनीको शेयर मुल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर छ । 

     सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । वेष्ट फाइनान्सको २९ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    नेप्से घटेपनि यस दिन ४ स्टकको शेयर सर्किट लागेको छ । यस दिन गुराँस लघुवित्त वित्तीय संस्था, मेन्छियाम हाइड्रोपावर, बेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको शेयर सर्किट लागेको हो। त्यस्तै, यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।


    images
    images

    Logo